नियम ५५
धरौटी रकम फिर्ता दिने प्रक्रिया
(१) ऐन तथा यस नियमावली बमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनका लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनु पर्ने कारण र फिर्ता पाउनु पर्ने रकमसमेत
उल्लेख गरी भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदनका साथमा भन्सार कार्यालयमा धरौटी राखेको निस्सा र धरौटी फिर्ता हुनु पर्ने कुनै आधार प्रमाण भए सो समेत संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले सात दिनभित्र निवेदकको माग बमोजिम धरौटी रकम फिर्ता दिनु पर्ने हो होइन भन्ने निर्णय गरी धरौटी फिर्ता दिनु पर्ने देखिएमा निर्णय भएका मितिले तीन दिनभित्र फिर्ता दिनु पर्नेछ । यदि धरौटी रकम फिर्ता दिनु पर्ने नभएमा निवेदकलाई कारण सहितको लिखित जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ताको लागि निवेदन नपरेका धरौटी रकमको फेहरिस्त तयार गरी भन्सार अधिकृतले निर्णय गरेर पछि प्रमाण पुर्याई फिर्ता माग्न आएमा फिर्ता दिने गरी प्रत्येक आर्थिक वर्षको अन्त्यमा त्यस्तो धरौटी रकम राजस्व खातामा जम्मा गर्नु पर्नेछ ।